Header Ads

भारतकी मानुशी नयाा मिस वल्र्ड

चीनको सान्या सिटी एरिनामा शनिबार नोभेम्बर १८ मा संचालन भएको मिस वल्र्ड २०१७ को ग्राण्ड फिनालेमा भारतीय सुन्दरी मानुशी चिल्लर ६७औं विश्व सुन्दरी बन्न सफल भएकी छिन् । विश्वका एक सय १७ मुलुकका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै मानुशीले आफ्नो शीरमा मिस वल्र्ड २०१७ को ताज सजाएकी हुन् ।

फिलिपिन्स, भिएतनाम, इन्डोनेशिया र दक्षिण अफ्रिकी सुन्दरी संगै ब्युटी विथ अ पर्पस अवार्ड जित्न सफल पााच फिट नौ इन्च उाचाईकी २१ वर्षिया हरियाणाकी मानुशी मेडिकल साइन्सकी विद्यार्थी हुन् । मिस वल्र्डको ताज जित्ने मानुशी ६थौं भारतीय बनेकी छिन् । यसअघि १९६६ मा रिता फरिया, १९९४ मा एश्वर्या राय, १९९७ मा डायना हेडन, १९९९ युक्ता मुखी र सन् २००० मा प्रियंका चोपडाले मिस वल्र्डको ताज आफ्नो शीरमा सजाएका थिए ।

मिस वल्र्ड २०१७ को ग्राण्ड फिनालेमा मेक्सिकोकी एन्ड्रिया मेजा फस्ट रनर अप हुादा बेलायती स्टेफनी हील सेकेन्ड रनर अप बनेकी थिइन् । अन्तिम पााचसम्मको यात्रामा भारत, मेक्सिको, बेलायत बाहेक केन्या र फ्रान्सकी सुन्दरीहरु पुगेका थिए । मिस नेपाल २०१७ की विजेता निकिता चान्डक उत्कृष्ठ ४० मा पर्न सफल भएकी थिईन् ।




No comments

Powered by Blogger.