![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgL4jey1vlOPa_9Ezc7qDZ2-NA0D6Rqa9ZB2k4tTDoJCddJZyV8MRQNvvAtvxpNKeb4xoZQMlZnJ5TtPwPNT-CW641NOZnWW-auIo998NdxddDkIxVLZ8BY7kMFJN_3BBjYgCgfz6OnSp-c/s640/2145899222112017062042214833098c0c9b6a835eb7807635b75a8a0a98cc-600x0.jpg)
जनकपुरधाम । रामजानकी विवाह पञ्चमीको पूर्व सन्ध्यामा मंगलबार तिल्कोत्सव समारोह
सम्पन्न भएको छ । सात दिवसीय महोत्सवकोे चौथो दिन मंगलबार तिल्कोत्सवको कार्यक्रम सम्पन्न भएको छ । त्रेतायुगमा भगवान सीतारामको विवाह भएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन हर्षोल्लासका साथ जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउदै आएको छ । भगवान श्रीरामको तिलक गर्न जानकी मन्दिर पक्षबाट सयौ भरिया (कोसेली) राम मन्दिर पुर् याइएको छ । तिलकोत्सव कार्यक्रममा भगवान रामको अभिभावक राम मन्दिरका महन्थ राम गिरि दास वैष्णव र सीताको अभिभावकको भूमिका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले निर्वाह गरेका थिए । बुधबार पवित्र सरोवर गंगासागरमा मटकोर कार्यक्रम गरिने भएको छ । बिहीबार रामजानकीको शुभविवाहको कार्यक्रम रहेको
छ भने सातौं तथा अन्तिम दिन रामकलेवा कार्यक्रम गरिने भएको छ । उनले महोत्सवको प्रत्येक दिन साँझमा रामकथा
प्रवचन, रामलीला, झाँकी तथा मंगल गीत लगायत धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताए ।
विवाह पंचमीमा भगवान रामको तर्फबाट राम मन्दिरले अगुवाई गर्छ भने सीताको अगुवाई जानकी मन्दिरले गर्ने गरिन्छ । तिल्कोत्सवको अवसरमा जानकी यूवा क्लवले जानकी मन्दिर परिसरमा सरसफाई समेत गरेको छ ।
Post a Comment