Header Ads

चीनमा एप्पलले हटायो स्काईपसहितका एप्लिकेशन

एप्पलले चीनमा आइफोनका लागि एप्पलको एप स्टोरबाट स्काइप, इन्टरनेट फोन र म्यासेन्जरको सुविधासहितका एप्लिकेशन हटाएको छ । चीन सरकारले आफ्नो कानुनी साशनमा असर पर्ने भन्दै  एप स्टोरबाट एप्लिकेशन हटाउन लगाएको हो ।
एप्पलका प्रवक्ताले रोयटर्सलाई दिएको जानकारी अनुसार चीनले त्यसखालका एप्लिकेशनमार्फत हुने सन्देश प्रवाहलाई आफ्नो देशको कानुन विपरित भनेको छ । चीनमा फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका एप्लिकेशनहरु एन्ड्रोइड तथा आइओएस प्लेफर्मबाट यसअघि नै हटाइएको छ ।
चीनले, पछिल्ला वर्षहरुमा विभिन्न इन्टरनेट कम्पनीहरुल्े आफ्नो देशमा समेत प्रभाव फैलाउन खोजेको भन्दै नागरिकको आवाजलाई नियन्त्रण गर्न थप कडाई गरेको छ । 

No comments

Powered by Blogger.