Header Ads

दोश्रो हप्तामा ‘मेला’, आमेषलाई मिल्यो राहत


दोश्रो हप्तामा ‘मेला’, आमेषलाई मिल्यो राहत
अनलाइनखबर
0
प्रतिक्रिया
486
SHARES
Facebook
Twitter
Email




गत साताबाट रिलिज भएको चलचित्र ‘मेला’ आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा नै निर्मातालाई सुरक्षित गरिसकेको छ । चलचित्रका प्रस्तुतकर्ता हरि पन्तले व्यापारबाट आफू सन्तुष्ट भएको बताए ।

उनले, दोश्रो सातामा पनि चलचित्रले काठमाण्डौ र काठमाण्डौ बाहिरका केही हल नछाडेको बताए । उनले भने-‘चलचित्रको व्यापारले मलाई उत्साहित बनाएको छ । उनले चाडै नै नयाँ चलचित्रको घोषणा गर्ने बताए ।


बसन्त निरौला निर्देशित यो चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ । चलचित्रको कमेडीलाई दर्शकले बढी रुचाएका छन् । नायक सलोन बस्नेतको पछिल्लो समयमा बढ्दो क्रेजले यो चलचित्रलाई फाइदा भएको छ ।

यो चलचित्र सफल भएपछि नायक आमेष भण्डारीको करिअरलाई पनि फाइदा भएको छ । आमेषले पहिलो चलचित्रबाटै झट्का पाएका थिए । तर, यो चलचित्र चलेपछि उनलाई राहत मिलेको छ ।

निर्माणपक्षका अनुसार, चलचित्रको व्यापार रिलिज भएको दिनदेखि आजसम्म एउटै गतीमा छ ।

No comments

Powered by Blogger.