Header Ads

उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती बढायोः गृहसचिव

२ मंसिर, बिराटनर । आसन्न प्रतिनिधि सभा सदस्य एव प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ । गोष्ठीको विशिष्ट अतिथि रहेका गृहसचिव मोहनकृष्ण सापकोटालेे निर्वाचनको मुखमा उम्मेदवारमाथि लक्षित गरी भएका आक्रमणले सुरक्षा चुनौती बढाएको बताए ।
गृहसचिव सापकोटाले परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिलाई निर्देशन समेत दिए । गृहसचिव सापकोटाले स्र्रोत साधन र निर्देशन अभावको बहाना बनाएर नपन्छिकन प्राप्त अधिकार पूर्ण प्रयोग गरेर सुरक्षा प्रदान गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेका हुन् ।
Advertisment
सचिव सापकोटाले विश्वका जुनसुकै देशका सुरक्षा योजनामा पनि केही न केही स्रोत साधनको कमजोरी हुने गरेको बताउँदै प्राप्त अधिकार जिम्मेवार भएर प्रयोग गरेमा सरकारले बनाएको तीन घेरे सुरक्षा योजना पूर्ण सफल हुने बताए ।
गृहसचिव सापकोटाले निर्वाचन शान्तिपूर्णमा गराउनका लागि सुरक्षा योजना तयार पारिएको बताउदै निर्वाद रुपले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न सवैलाई आग्रह समेत गरे ।
उनले निर्वाचनका लागि अब सीमित समयमात्र बाँकी रहेकाले सरकार र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न सुरक्षाकर्मीहरु उच्च मनोवलका साथ लाग्नुपर्ने बताए ।
कार्यक्रममा निर्वाचनलाई दृष्टिगत गरी जिल्लाको सुरक्षा व्यवस्थापनको अवस्था र विद्यमान चुनौतीका बारेमा सुरक्षा समितिको संयोजक रहेका सम्वन्धित प्रमुख जिल्ला अधिकारीले आफनो प्रस्तुति दिने कार्यक्रम छ । कार्यक्रममा चारैवटा सुरक्षा अंगका प्रमुखहरुको सहभागिता छ ।
त्यसगरी क्षेत्रीय प्रशासकसहित पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता छ ।
कार्यक्रमको उद्घाटन निर्वाचन आयोगका अयुक्त नरेन्द्र दाहालले गरेका थिए ।

No comments

Powered by Blogger.